उद्योग संघका पदाधिकारीलाई नारायणी संघद्वारा स्वागत

हेटौडा न्युज
१८ माघ २०७८, मंगलवार १६:५४
;

मकवानपुर । पुरानो नारायणी यातायात व्यवसायी कम्पनीले आज उद्योग संघ मकवानपुरका निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रम आयोजना गरी स्वागत सम्मान गरेको छ । उद्योग संघका नवनिर्वाचित अध्यक्ष स्वागतराज प्याकुरेल सहित सबै पदाधिकारी तथा सदस्यहरुलाई स्वागत सम्मान गरिएको हो ।

कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षताका भएको सम्मान कार्यक्रममा यातायात व्यवसायी र उद्योगी एक अर्काका परिपूरक रहेकोले व्यवसायिक क्षेत्रमा मात्रै होईन समाज विकासका लागि समेत सहकार्य अपरिहार्य रहेको चर्चा गरिएको थियो ।
उद्योग संघमा बरिष्ठ उपाध्यक्षमा बद्रीनाथ शर्मा, श्रीहरि मास्के उपाध्यक्ष, किशोर अर्याल महासचिव, सुयश पराजुली सचिव, श्याम ढकाल कोषाध्यक्ष, बुद्धराज अर्याल सहकोषाध्यक्ष सहित १९ जनाको कार्यसमिति निर्वाचित भएको छ । उद्योग संघमा यस अघि लेखराज पोखरेल अध्यक्ष थिए ।

सम्मान कार्यक्रममा कम्पनीका महासचिव सरोजकुमार खनाल, निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाई लगायत कम्पनीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*