७ सय ९८ एम्पुल लागूऔषधसहित बकैयाकी खत्री पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषध कारोवारमा सङ्लग्न एक महिललाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर –४ छत्तिवनकी २९ वर्षीया नानीमाया खत्री रहेकी छिन् । शुक्रबार राती हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१९ वस्तीपुरमा डेरा गरी वस्न खत्रीको कोठाबाट विभिन्न ७ सय ९८ एम्पुल लागूऔषधसहित उनलाई नियन्त्रणमा लिईएको मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले बताए ।
प्रहरीले विषेश सुचनाको आधारमा खत्रीको डेराबाट डाइजेपाम २ सय ८० एम्पुल, फेनार्गन २ सय ६८ एम्पुल र नुर्फिन २ सय ५० एम्पुल बरामद गरेको थियो ।










