जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

हेटौडा न्युज
२२ माघ २०७८, शनिबार १७:१३
;

मकवानपुर । जीप दुर्घटना हुँदा स्याङजाको बिरुवा गाउँपालिका–३ धोवादीमा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जीप दुर्घटनामा परेर सोही वडाका २६ वर्षीय बेलबहादुर थापा र ३२ वर्षीय भेषबहादुर थापाको मृत्यु भएको हो । बेलबहादुर चालक र भेषबहादुर यात्रु रहेको खुलेको छ ।

उनीहरू सवार ग १ ज.५९३९ नं. जीप सडकदेखी अन्दाजी ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलमै मृत्यु भएका उनीहरूको शव परीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*