पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७० जनामा कोरोना पुष्टि
मकवानपुर । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३ सय ६५ नमुना परीक्षण गरिएको थियो । ७ हजार ८ सय ७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२ र तीन हजार ४ सय ९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५ सय ४८ गरी १ हजार ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना सङ्क्रमणमुक्त भएका छन् । भने १३ जनाको मृत्यु भएको छ ।










