आजदेखि मतदाता नामावली सङ्कलन स्थगित

हेटौडा न्युज
२५ माघ २०७८, मंगलवार ११:११
;

मकवानपुर ।स्थानीय तहको निर्वाचन वैशाख ३० मा तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको काम पनि मंगलबारबाट स्थगित गरेको छ ।

निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली सङ्कलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली सङ्कलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए । आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको छ । कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली सङ्कलन गर्न पाइँदैन । सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो ।

निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो । हालसम्म देशभर १ करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्याङ्क छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*