जुत्ता चप्पल गोदामको आगलागीमा परेर ५ जनाको मृत्यु

हेटौडा न्युज
२८ माघ २०७८, शुक्रबार ०८:१२
;

मकवानपुर । बिहीबार रातिदेखि जुत्ता चप्पल गोदाममा लागेको आगलागीमा परेर दाङको तुलसीपुरमा ५ जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार आगलागी भएपछि घरभित्रै परेका ५ जनाको मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा रहेको चार तले घरमा भएको आगलागी भएको हो । आगो र धुँवाको रात तथा तापले समयमा उद्दार हुन नसक्दा उनीहरुको मृत्यु भएको हो । बिहान पौने दुई बजेतिर गस्तीको प्रहरीले आगो देखेपछि बल्ल आगलागीबारे सूचना प्राप्त भएको थियो । घरधनी काठमाडौंमा बस्दै आएका छन् ।

‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा भएको आगलागीमा परी पाँचजना घरभित्रै फसेको प्रहरीले बताएको छ । अहिले इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् । विद्युत मिटर पड्किदा आगलागी भएको प्रहरीले आशंका गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*