सरकारले निशुल्क रगत दिने

मकवानपुर । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र निशुल्क रगत दिने भएको छ ।
रगत खरिदबिक्री नहुने भए पनि परीक्षण र अन्य खर्चका लागि ७ सयदेखि १ हजार रुपैयाँसम्म लाग्ने गरेकामा अब त्यसको खर्च सरकारले नै व्यहोरिदिने गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।
फागुन १ गतेदेखि प्रदेशभित्रका सबै सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क पाइने प्रवक्ता खड्काको भनाइ छ । रगत निःशुल्क गर्ने कार्यका लागि नेपाल रेडक्रस सोसाइटीसँग सम्झौतापछि सरकारको निर्णय कार्यान्वयन हुनेछ ।