१८ वर्षभन्दा माथिका सबै नागरिकलाई बुस्टर डोज खोप दिईने

हेटौडा न्युज
२८ माघ २०७८, शुक्रबार १३:४१
;

मकवानपुर । १८ वर्षभन्दा माथिका सबै नागरिकलाई सरकारले फागुन १ गतेदेखि कोभिड–१९ विरुद्ध बुस्टर डोज खोप दिने भएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई बुस्टर डोज दिइने बताए । मन्त्रालयले बिहीबार दुबै डोज खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने निर्णय भएको सूचना प्रकाशित गरेको थियो । बुस्टरको रुपमा कोभिशसल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको मन्त्रालयको भनाई छ ।

साथै मन्त्रालयले ७७ जिल्लाकै स्वास्थ्य कार्यालयलाई खोप उपलब्धताको आधारमा कोभिशसल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप (बुस्टर डोज) प्रदान गर्न भनेको छ । मन्त्रालयले बुस्टर डोजमा फ्रन्टलाइनर, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र सामाजिक जनसांख्यिक रुपमा पछाडि पारिएका व्यक्तिहरुलाई प्राथिमकता दिइने जनाएको छ । तर, सङ्क्रमणमुक्त भएको एक महिनापछि कोरोनाविरुद्धको खोप र बुस्टर डोज दिन मिल्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*