पछिल्लो २४ घण्टामा १ हजार १ सय २८ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

हेटौडा न्युज
२८ माघ २०७८, शुक्रबार १६:३१
;

मकवानपुर । पछिल्लो २४ घण्टामा १ हजार १ सय २८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १७ हजार ४ सय ४७ पीसीआर परीक्षणमा जम्मा ६ सय ६६ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै ३ हजार ५ सय ४२ एन्टिजेन परीक्षणमा ४ सय ६२ जना गरी कुल १ हजार १ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । त्यस्तै २ हजार २ सय १५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*