दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश

हेटौडा न्युज
१ फाल्गुन २०७८, आईतवार १२:३०
;

मकवानपुर । महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् ।

कार्कीले संवैधानिक परिषद्को, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन् । संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुङ्गो नलागेसम्म कुनै कामकार्बाही गर्न पाइँदैन ।

सत्तारुढ गठबन्धनका गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ लगायत ९८ सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*