थप ५ सय २१ जनामा कोरोना पुष्टि

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा ५ सय २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा ४ सय २१ र ४ हजार ७८ एन्टिजेन परीक्षणमा ९४ जना गरी ५ सय २१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १० जनाको मृत्यु भएको छ । भने ३ हजार ९ सय ३५ जना सङ्क्रमणमुक्त भएका छन् ।