बकैया गाउँपालिकामा बाख्रा वितरण

हेटौडा न्युज
३ फाल्गुन २०७८, मंगलवार १३:२०
;

मकवानपुर । महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालले बकैया गाउँपालिका वडा नम्बर–१ महादेवडाडाँमा कृषकहरुलाई व्यवसायिक बनाउन बाख्रा वितरण गरेको छ ।

सोमबार एक कार्यक्रमकाबीच बकैया गाउँपालिका वडा नम्बर १ हादेवडाडाँका ४० जना किसानहरुलाई प्रति किसान ५ ओटाका दरले दुई चरणमा २ सय ओटा बाख्रा वितरण गरिएको हो । बकैया गाउँपालिका र युएनडिपीको सयुक्त लगानीमा ३० लाख रुपैयाँ बराबरको बाख्रा वितरण गरिएको महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालकी अध्यक्ष ईन्दिरा न्यौपानेले बताईन् । कोरोना सङ्क्रमणका बैदेशिक रोजगारबाट फर्केका नागरिकहरुलाई लक्षित गरी बाख्रा वितरण गरिएको हो । संस्थाबाट बाख्रा पाएपछि परम्परागत रुपमै बाख्रापालन गर्दे आएका यहाँका नागरिकहरु व्यवसायिक बाख्रापालना लाग्ने हौसला प्राप्त भएको बताउछन् ।

गाउँपालिकाका नागरिकहरुलाई कृषि तथा पशुपालनमा प्रेरित गर्न बाख्रा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताए । परम्परागत बाख्रापालनलाई व्यवसायिकता तर्फ विकास गर्दे लैजाने गाउँपालिकाको योजना रहेको उनले बताए । कोरोना सङ्क्रमणका कारण बैदेशिक राजगारीबाट पलाएन भएका र स्वदेशमै रोजगारीको पहुँचमा नपुगेका नागरिकहरुलाई स्वरोजगार बनाउन युएनडिपीर गाउँपालिकाले गरेको बाख्रा वितरण किसानहरुका आयआर्जन गर्ने माध्ययम बन्न सक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*