बसको ठक्करबाट दुई जनाको मृत्यु
मकवानपुर । बसको ठक्करबाट बालाजुमा दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।
बालाजुको गंगा हल अगाडिको सडकमा आज बिहान बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो । मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ । अर्की अन्दाजी ५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । उनीहरूलाई ठक्कर दिएर बससहित चालक फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।










