बागमती प्रदेशका ८ लाख बढी भेडाबाख्रालाई पिपिआर रोगविरुद्ध खोप

हेटौडा न्युज
५ फाल्गुन २०७८, बिहीबार १२:३२
;

मकवानपुर । बागमती प्रदेशका ८ लाख ३० हजार १ सय ८७ भेडाबाख्रालाई पिपिआर रोगविरुद्ध खोप लगाईएको छ ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्ध गत माघ २५ गतेदेखि फागुन २ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गरेको थियो । सो अभियान अन्र्तगत प्रदेशको ८ लाख ३० हजार १ सय ८७ अर्थात ६९.७६ प्रतिशत भेडाबाख्रामा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

सो अवधिमा ९ सय ८५ वटा खोप केन्द्र र ४ सय ३२ भ्याक्सिनेटरमार्फत् खोप सेवा प्रदान गरिएको मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डेले बताए । प्रदेशका १३ वटै जिल्लाको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र स्थानीय तहमा कार्यरत भेटेरिनरी डाक्टरमार्फत् एकैसाथ खोप सेवा प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*