सेनाद्वारा शंकास्पद वस्तु निष्कृय
मकवानपुर । नेपाली सेनाको बम डिस्पोजल टोलीले काठमाडौंको ढुंगेअड्डामा भेटिएको शंकास्पद वस्तु निष्कृय पारेको छ ।
आज बिहान ढुंगेअड्डाको कालिका पेट्रोल पम्प नजिकै प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको थियो ।
त्यसको जानकारी पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको थियो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले ती वस्तु नक्कली बम भएको बताए ।










