५ सय १ जना कैदीबन्दीको सजाय मिनाहा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले ५ सय १ जना कैदीबन्दीको सजाय माफी दिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ५ सय १ जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी दिएकी हुन् । सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।
यसैगरी आङनिमा शेर्पासमेतका १२ जनाको समेत विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।











