प्रजातन्त्र दिवशले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न उत्साह प्रदान गर्न सकोस्: राष्ट्रपति भण्डारी
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवशले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सबैमा नयाँ उत्साह प्रदान गर्न सकोस् भन्ने कामना गरेकी छन् ।
आज प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले सो कामना गरेकी हुन् ।प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्नेमा उनले जोड दिएकी छन् ।
लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्ने बताउँदै उनले लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन् ।










