मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

हेटौडा न्युज
८ फाल्गुन २०७८, आईतवार ११:२४
;

मकवानपुर । मोटरसाइकल दुर्घटनामा हेटौंडाका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ फारलाईन बस्ने २५ वर्षीय बिक्रम वाईबा रहेका छन् । आइतवार बिहान हेटौंडा–८ कमानेबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको ना ६३ प ७४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक वाईबाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते वाइबाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । त्यसैगरी मोटरसाईकलमा सवार सोही स्थान बस्ने ३१ वर्षीय रमेश बल घाइते भएको र उनको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*