बारामा प्रहरी र तस्करबीच गोली चल्दा, एक जना भारतीयको मृत्यु
मकवानपुर । बारामा प्रहरी र गाँजा तस्करबीच गोली चलेपछि लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
बुधबार ७५ किलो गाँजा नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा तस्कर समुहले एक राउन्ड गोली चलाएपछि जवाफी कारबाही गरेको प्रहरीले जनाएको छ । आत्मरक्षाका लागि गोली चलाउँदा नाम नखुलेका एक जना भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीको जवाफी फायरपछि तस्करले गाँजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदेश गिरी रहेको थापाले जानकारी दए ।










