विजुलीमाया राष्ट्रिय सङ्गीत पुरस्कार प्राध्यापक दीपक जङ्गमलाई दिईने

हेटौडा न्युज
१५ फाल्गुन २०७८, आईतवार १६:०१
;

मकवानपुर । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको विजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कारबाट वरिष्ठ सङ्गीतकार तथा प्राध्यापक दीपक जङ्गमलाई प्रदान गरिने भएको छ ।

आइबार हेटौंडामा प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै उक्त पुरस्कारबारे जानकारी गराइएको थियो । हेटौंडा व्यवसायी÷समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा विजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका हुन् । २०६४ साल देखी प्रतिष्ठानको व्यवस्थापनमा हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिदै आइरहेको छ । २०१० सालमा भक्तपुरमा जन्मिएका संगीतकार जङ्गमले हालसम्म चार हजार भन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सय भन्दा बढी गीतमा आफ्ना स्वर दिएका छन् ।

फागुन २७ गते शनिबार एक विषेश समारोहका बीच संगीतकार जङ्गमलाई उक्त पुरस्कार प्रदान गरिने छ । उक्त पुरस्कार सँगसँगै अन्य १० वटा पुरस्कार पनि प्रतिष्ठानको व्यवस्थापनमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष ह्यग्रिव आचार्यले बताए । २०६४ सालमा वरिष्ठ संगीतकार अम्बर गुरुङलाई पुरस्कार प्रदान गरि सुरु गरिएको पुरस्कार गतवर्ष नेपाली भाषी भारत दार्जिलिङकी गायिका दाबा ग्याल्मोलाई प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*