जापानिज मुद्रासहित एक जना पक्राउ

हेटौडा न्युज
१८ फाल्गुन २०७८, बुधबार १७:५४
;

मकवानपुर । अवैध रुपमा विदेश लैजान लागेका जापानिज येन मुद्रासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङजाको मिर्मी गाउँपालिका–६ पालीचौर घर भएका ४८ वर्षीय रेमशराज भट्टराई रहेका छन् । सिङ्गापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट सिङ्गापुर जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो । प्रहरीले उनको झोलाबाट जापनिज येन १५ लाख ९० हजार बरामद गरेको छ ।

पक्राउ परेका उनलाई आज थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन,ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*