नरभक्षी बाघ नियन्त्रणमा
मकवानपुर । मान्छेमाथि आक्रमण गर्दै आएको नरभक्षी बाघ नियन्त्रणमा आएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता लगायत टोलीले नियन्त्रणमा लिएको बाघलाई बाँके निकुञ्जको होल्डिङ सेल्टरमा राखिन डिभिजन वन कार्यालय बाँकेका ददिलाल प्रमुख कँडेलले बताए ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–६ को सामुदायिक वनबाट बुधबार बिहान बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन बाँकेका प्रमुख कँडेलले बताए । उनका अनुसार पाडोको शिकार गरी माखु खान लागेको क्रममा बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको हो । बाघलाई नियन्त्रण गर्न १० दिनयता पाडोलाई आहारा बनाएर बाँधेर राखिएको थियो ।










