धार्मिक सांस्कृतिक परम्परालाई संरक्षण गर्न सरकार क्रियाशील छ: प्रधानमन्त्री देउवा
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होछारका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
ग्याल्पो ल्होछार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन् । उनले शुभकामना सन्देशमार्फत नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै यहाँ हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवम् विशिष्ट पहिचान भएको बताएका छन् ।
उनले सरकार अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न तथा नेपाली धार्मिक एवम् सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवम् सम्वद्र्धनका लागि सदैव क्रियाशील रहेको बताएका छन् ।










