कमानेमा भुसको गोदाममा आगलागी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ कमानेमा भुसको गोदाममा आगलागी भएको छ ।
कमोनस्थित विकास टोलमा रहेको टिका प्रसाद कडेलको भुसको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ । बुधबार राति साढे १ बजे बाट आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानबिय क्षती भने भएको छैन ।
आगलागीबाट मानबिय क्षती नभएपनि क्षतिकोे विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ । गोदाममा अन्दाजी पचास हजार भुसको बोरा रहेको प्रहरीको भनाई छ ।










