यौनजन्य दुर्व्यवहार सम्बन्धि सचेतना कार्यक्रम शुक्रबार हेटौंडामा सम्पन्न
मकवानपुर । यौनजन्य दुर्व्यवहार सम्बन्धि सचेतना एवम् स्वास्थ्य सामाग्री वितरण कार्यक्रम शुक्रबार हेटौंडामा भएको छ ।
सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरको आयोजनाममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ जनज्योति माध्यमिक विद्यालयमा यौनजन्य दुर्व्यवहार सम्बन्धि सचेतना एवम् स्वास्थ्य सामाग्री वितरण कार्यक्रम भएको हो । सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरका अध्यक्ष राम बिष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर– १४ का वडा अध्यक्ष दिपक खड्काको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि खड्काले कानुनका जटिलतालाई सामाधान गर्देअघि बढनु पर्ने आजको टड्कारो आवश्यकता रहेको उल्लेख गर्दे जनप्रतिनिधि भएको नाताले समस्या सामाधानको लागि कानुनी सगैं व्यवहारिक पक्षलाई पनि समेटनुपर्ने आवश्यकता रहेको बताए । केन्द्रका अध्यक्ष राम बिष्टले बालिकाहरूलाई यौनजन्य दुर्व्यवहार गर्ने विरूद्व खरो रूपमा प्रतिकार गर्दे अघि बढनुपर्ने बताए । कार्यक्रममा विद्यालयलाई सेनिट्यारी प्याड ,माक्स ,सेनिटाइजर ग्लोप्स तथा एक थान डिसपेन्सर हस्तान्तरण गरिएको थियो । कार्यक्रमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरकी प्रहरी निरीक्षक चुडा कुमारी खड्काले सहजीकरण गरेकी थिईन् ।










