संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी गछौं: देउवा
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाली काङ्ग्रेस निकट नेपाल कर्मचारी युनियनको अधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्री देउवाले मुलुक संघीय संरचनामा गएपछि कर्मचारी समायोजन गर्दा देखिएका समस्या पनि समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।










