दमौलीमा आगलागी, आगो नियन्त्रणकालागी हेलिकप्टर बोलाईयो

हेटौडा न्युज
२२ फाल्गुन २०७८, आईतवार १२:०३
;

मकवानपुर । तनहुँको दमौली चोकमा आगलागी भएको छ ।

दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् । तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आगो निभाउने प्रयास जारी रहेको बताए ।

उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*