पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

हेटौडा न्युज
२२ फाल्गुन २०७८, आईतवार १६:२३
;

मकवानपुर । बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई अनुसन्धानका लागी थप १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको छ । म्याद थपका लागि प्रहरीले आइतबार उनलाई जिल्ला अदालत लगेको थियो ।

प्रहरीका अनुसार अनुसन्धान नसकिएका कारण थप १२ दिन हिरासतमा राख्न अनुमति लिइएको हो । ११ फागुनमा एक बालिकाले आफूमाथि बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*