इन्द्रसरोबरमा बोलेरो दुर्घटना, चालक गम्भीर घाईते
मकवानपुर । इन्द्रसरोबर गाउँपालिकामा बोलेरो गाडी दुर्घटना भएको छ ।
मंगलबार बिहान काठमाण्डौबाट हेटौंडा आउँदै गरेको प्र ०३–०१–२४ च६१८५ नम्बर को बोलेरो गाडी इन्द्रसरोबर–२ हेभीमा अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ ।
दुर्घटनामा बोलेरोको चालक सिन्धुपाल्चोक घर भएका विजय तामाङ गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । तामाङलाई थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौ पठाईएको जिल्ला प्रहरी कार्यलय मकावानपुरले जनाएको छ ।










