ट्रिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु
मकवानपुर । ट्रिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सिन्धुलीमा जन्ती सवार ट्रिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने २४ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा उदयपुरको कटारी नगरपालिका–२ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।
बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४९० नम्बरको ट्रिपर दुधौली नगरपालिका–५ ठाकुरखोला ३ नम्बर पुलस्थित सडकमा आइतबार राति दुर्घटना भएको थियो । ट्रिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।










