आजबाट लाइसेन्सको अनलाईन फारम भर्न नपाईने
मकवानपुर । आजबाट सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को अनलाईन आवेदन अनिश्चितकालका लागि बन्द भएको छ ।
सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले चैत १ देखि अर्को सूचना नभएसम्मका लागि नयाँ आवेदन नलिने जानकारी गएको छ ।
विभागका प्रवक्ता लोकनाथ भुसालले हालसम्मका निवेदकको परिक्षा यथाशक्य छिटो टुङ्ग्याउनुपर्ने भएकाले हाल अनलाईन आवेदन बन्द गरिएको जानकारी दिए ।











