हेटौंडामा सुविधासम्पन्न ल्याबसहित बागमती पोलिक्लिनिक सञ्चालनमा

हेटौडा न्युज
२ चैत्र २०७८, बुधबार १८:४१
;

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सुविधासम्पन्न ल्याबसहित बागमती पोलिक्लिनिक सञ्चालनमा आएको छ ।

हेटौंडा–१, भिन्तुना पथमा बुधबार बागमती पोलिक्लिनिक थाइरोकेयर एण्ड डायविटिक सेन्टरको उद्घाटन गरिएको छ । पोलिक्लिनिकको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. महेश्वर श्रेष्ठले उद्घाटन गरेका थिए । करिब दुई करोड रुपैयाँ लगानीमा पोलिक्लिनिक सञ्चालनमा ल्याईएको हो । छिटो छरितो र भरपर्दो सेवा दिनका लागि अत्याधुनिक ल्यावसहितको उपचार सेवा सुरु गरिएको पोलिक्लिनिकका सञ्चालक उत्सब चौलागाईंले जानकारी दिए । हेटौंडामा परीक्षण नहुने रोगहरुको पनि परीक्षण सुरु गरिएको चौलागाईंले जानकारी दिए ।

वरिष्ठ कन्सल्टेन्ट चिकित्सकद्वारा विशेष उपचारको व्यवस्था, सुगर, थाइराइड, हर्मन, मुटु रोग, छाला, हाडजोर्नी, वालरोग, स्त्री रोग, ईसीजी, इकोलगायतका सम्पूर्ण चेकजाँच पोलिक्लिनिकमा हुने बताइएको छ । पोलिक्लिनिकमा बायोप्सी (सानो मासुको टुक्रा निकालेर गरिने जाँच) समेत हुने बताइएको छ । ल्याबमा प्याथालोजिस्ट तथा दक्ष जनशक्तिहरुले २४ सै घण्टा सेवा दिने र जतिसक्दो चाडो रिपोर्ट दिने व्यवस्था मिलाइएको उनले बताए । उद्घाटन दिनमा सुगरलगायतका विभिन्न परीक्षण निःशुल्क गरिएको छ भने थाइराइडसहित अन्य सम्पूर्ण परीक्षणमा ५० प्रतिशत छुट दिइएको छ । पोलिक्लिनिकमा चैत १२ गते शनिबार वरिष्ठ थाइराइड, सुगर तथा हर्मोन रोग विशेषज्ञ डा. सौरभ खतिवडा आउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*