होली पर्वलाई विकृतिरहित राख्नुपर्छ: राष्ट्रपति भण्डारी

हेटौडा न्युज
३ चैत्र २०७८, बिहीबार ११:१८
;

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले होली पर्वलाई प्रवद्र्धन गर्न मितव्ययी र विकृतिरहित राख्नुपर्ने बताएकी छन् ।

न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गरेकी छन् । नेपालीहरूको महान् पर्व फागु पूर्णिमा (होली)को अवसरमा आज शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले उक्त कामना गरेकी हुन् ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै राष्ट्रपति भण्डारीले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरेकी छन् । वैदिक परम्परादेखि नै समाजमा असल र खराबबीच द्वन्द्व चल्दै आए तापनि सत्यको नै विजय हुने भन्दै उनले होली पर्वले सत्य र न्यायका पक्षमा अविचलितरूपले क्रियाशील रहन प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*