विविधताबीचको एकता नै नेपालीको पहिचान हो: प्रधानमन्त्री देउवा

हेटौडा न्युज
३ चैत्र २०७८, बिहीबार ११:२७
;

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले होलीमा खेलिने विविधरङहरूजस्तै विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको उल्लेख गरेका छन् ।

उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

फागु पूर्णिमा (होली) को अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेकाले स्वास्थ्य मापदण्ड पालना गर्न र अरुलाई अवरोध नपुग्ने गरी होली मनाउन आग्रह गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*