ट्याक्टर दुर्घटनामा एक जनाको मृत्य
मकवानपुर । ट्याक्टर दुर्घटनामा एक जनाको मृत्य ु भएको छ ।
बुधबार राति गुल्मीमा जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–१ झेदीमा लु३त २८३३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक इस्मा गाउँपालिका वडा नम्बर–६ निवासी ३१ वर्षको रेशम कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब ३ सय मिटर तल खसेको छ । ट्याक्टर झेदी स्थित सडक निर्माणमा कार्यमा प्रयोग हुँदै आएको प्रहरीले जनाएको छ ।










