टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु

हेटौडा न्युज
६ चैत्र २०७८, आईतवार १०:४८
;

मकवानपुर । आइतवार बिहान टेम्पो दुर्घटना हुँदा पर्साको ठोरी गाउँपालिका–३ मा टेम्पो चालकको मृत्यु भएको छ ।

रामनगरबाट बिजयवस्ती तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ह ६२८ नम्बरको टेम्पो आइतवार बिहान दुर्घटना हुँदा पर्साको ठोरी गाउँपालिका–४ का अन्दाजी ३५ वर्षीय बीरबहादुर विश्वकर्माको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ठोरी–३ का खेल बहादुर विश्वकर्मा र विजय सुनार सामान्य घाइते छन् । उनीहरुको स्थानीय मेडिकल उपचार गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*