भोलि मकवानपुरगढीलाई बालमैत्री गाउँपालिका घोषणा गरिने

हेटौडा न्युज
११ चैत्र २०७८, शुक्रबार १०:०४
;

मकवानपुर । मकवानपुरगढी गाउँपालिकालाई बालमैत्रीस्थानीय शासन नीतिगत अवलम्वन, कार्यान्वयन तथा घोषणाको तयारी पुरा भएको छ ।

भोलि शनिवार गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताए । उनले घोषणा पछिको दिगोपनाको योजना तयार पार्दै प्रत्येक वडामा बजेट निकासा गरि सबै सुचकको दिगोपनको कार्यक्रमहरु गरिने बताए । गाउँपालिकामा यस अभियान सुरु हुनुभन्दा अघि वार्षिक ३५÷३६ वटा वालविवाहको तथ्याङ रहेको छ तर बाक्लै बालविवाह भएको त्यो अवस्था र अहिलेको अवस्था फरक रहेको अध्यक्ष हुमागाईले बताए ।

शुन्य नभएता पनि घट्दोक्रममा रहेको भन्दै बालबालिका लक्षित नर्सरीदेखी कक्षा १२ सम्मका प्रत्येक विद्यार्थीलाई दविा खाजाको व्यवस्था गाउँपालिकाले गरेपछि बालबालिकाहरु विद्यालय जानेको संख्या बढ्दो रहेको उनले बताए । गाउँपालिकाले दलित तथा असाहय बालबालिकालाई निशुल्क पठनपाठनको समेत व्यवस्था गरेको छ । सबै क्षेत्रमा पूर्णता पाइएता पनि स्वास्थ्यको सुचकमा कम प्रतिशत रहेको अध्यक्ष हुमागाईले बताए । गाउँपालिकामा १८ वर्षमुनिका ४ हजार ६२४ बालक र ३ हजार ६७२ बालिका गरि ८ हजार २९६ जना बालबालिका रहेको गाउँपालिकाको तथ्याङमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*