मकवानपुरगढी बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा

(भिडियो सहित)
हेटौडा न्युज
१२ चैत्र २०७८, शनिबार १७:२१
;

मकवानपुर । मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिकाको रुपमा घोषणा गरिएको छ ।

शनिबार एक समाहरोहकाबीच बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरेका हुन् ।

https://youtu.be/CGM4IUC_liU

स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार ५१ वटै सूचक पूरा गरेपछि गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिकाको रुपमा घोषणा गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अनुमति दिएको थियो । गाउँपालिकाले ५ वटा मुख्य क्षेत्र(सूचक) भित्रका ५१ वटा सूचकहरु चरणबद्ध रुपमा पारेर पालिकालाई बालमैत्री घोषण गरिएको हो । गाउँपालिकामा ५ हजार ३ घरधुरी रहेको , ८ हजार ३ सय ९० महिला, ८ हजार ४ सय १९ पुरुष, ८ हजार २ सय ९६ बालबालिका गरी २५ हजार १ सय ५ जना जनसङ्ख्या रहेको छ । नेपालको चौथो तथा ५१ वटा सूचकहरुमध्ये नेपालको दोस्रो बालमैत्री शासनयुक्त गाउँपालिकाका रुपमा मकवानपुरगढी गाउँपालिकालाई घोषणा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*