राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट बागमती प्रदेशका ५ जना कृषकहरु नगदसहित सम्मानित

(फोटो फिचर)
हेटौडा न्युज
१३ चैत्र २०७८, आईतवार १५:३६
;

मकवानपुर । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट बागमती प्रदेशका ५ जना उत्कृष्ट किसानहरुलाई सम्मान गरिएको छ ।

आज हेटौंडामा एक कार्याक्रमकाबीच बागमती प्रदेशका उत्कृष्ट ५ जना किसानहरुलाई नगद सहित सम्मान गरिएको हो । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार अन्र्तगत प्रथमहुने चेतना कृषि तथा पशुपन्छी फर्म धादिङका युद्धप्रसाद न्यौपानेलाई नगद ५० हजार रुपैँया सहित पुरस्कृत गरिएको हो । द्धितिय हुने दिदी बहिनी कृषि फर्म भक्तपुरकी गिता रिजाललाई नगद ४५ हजार, तृतिय हुने थाहा पौरखी कृषि प्रलिकी बरी बललाई नगद ४० हजार सहित पुरस्कृत गरिएको थियो । यस्तै चौथो हुने कामना फलफुल बहुउद्देस्यीय नर्सरी फर्म रामेछापलाई नगद ३५ हजार र न्यू महाङ्काल कृषि फर्म काभ्रेलाई नगद ३० हजार सहित पुरस्कृत गरिएको थियो ।

 

प्रदेशका सबै जिल्लाका कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्र मार्फत प्रत्येक जिल्लाबाट ३ जनाको दरले ३७ जना कृषकहरुको प्रस्ताव कृषि विकास निर्देशनालयले सङ्कलन गरेको थियो । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेको नेतृत्वको प्रदेशिक समितिले उत्कृष्ट ५ जना कृषकहरुलाई पुरस्कृत गर्न छनोट गरेको थियो । पुस्कार वितरणपछि बागमती प्रदेशको कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले यस आर्थिक वर्षमा हालसम्म गरेका कामहरुको प्रगति विवरण समेत सार्वजनिक गरेको छ । भोलि १४ गते जिल्लागत कार्यालयहरुले आफ्नो प्रगति विवरण प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*