नेपाली सेनाको विभिन्न प्राविधिक पदमा भर्ना खुल्यो

हेटौडा न्युज
१४ चैत्र २०७८, सोमबार ०८:५३
;

मकवानपुर । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा भर्ना खुलाएको छ ।

रिक्त रहेका लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न ट्रेडका २९ अधिकृत पदका लागि जंगी अड्डाले दर्खास्त आह्वान गरेको हो । सबैभन्दा धेरै उपसेनानी (एमबीबीएस डाक्टर) ५० जना माग गरिएको छ । भने लेखा उपसेनानी ४० जनाका लागि दर्खास्त आह्वान गरिएको छ ।

यस्तै, सैनिक उपचारिका (उपसेनानी) १८ जना र कम्प्युटर प्राविधिक (उपसेनानी) १६ जनालगायत विभिन्न २९ पदका लागि १९४ जना प्राविधिक अधिकृतका लागि विज्ञापन आह्वान गरिएको छ । यी सबै पदका लागि अनलाइनबाट फाराम भर्न सकिनेछ । आगामी वैशाख १३ गतेसम्म दर्खास्त दिन सकिनेछ । दोब्बर दस्तुरमा थप एक सातासम्म फाराम भर्न सकिने सूचनामा उल्लेख छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*