न्यायिक समितिको राष्ट्रिय सम्मेलन पोखरामा सुरु,राष्ट्रपति भण्डारीले गरिन् उद्घाटन

हेटौडा न्युज
१४ चैत्र २०७८, सोमबार १४:४४
;

मकवानपुर । न्यायिक समितिको राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरेकी छिन् । सम्मेलनमा देशैभरिका २ सयभन्दा बढी समिति संयोजक सहभागी छन् । संविधानले स्थानीय तह उपप्रमुख÷उपाध्यक्ष न्यायिक समितिको संयोजक हुने व्यवस्था गरेको छ ।

सम्मेलनमा पोखरा न्यायिक समितिले गरेको न्यायिक सम्पादनको छोटो डकुमेन्ट्रीसमेत देखाइएको थियो । पोखरा न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले समितिको अवसर र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*