इटहरीमा बम विष्फोट हुँदा २ जना घाईते
मकवानपुर । सुनसरीको इटहरीमा बम विष्फोट हुँदा२ जना घाईते भएका छन् ।
सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका– २ को नवजागृति टोलमा बम विष्फोट भएको हो । विष्फोटमा परी घाईतेहुनेमा इटहरी उपमहानगरपालिका– २ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार थापाको डेरामा बम विष्फोट भएको थियो ।
विष्फोटमा परी घाइते भएका थापाको विराटनरआँखा अस्पताल र गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको प्रहरीले बताएको छ । परिषद्ले हिन्दु राष्ट्रको माग गर्दै फागुन १५ गतेबाट सशस्त्र संघर्षको घोषणा गरेको थियो ।










