जोर बिजोर प्रणाली र आइतबार पनि सार्वजनिक बिदा दिन प्रस्ताव

हेटौडा न्युज
१५ चैत्र २०७८, मंगलवार १३:४०
;

मकवानपुर । आइतबार पनि सार्वजनिक बिदा दिन नेपाल आयल निगमले सरकारलाई प्रस्ताव गरेको छ ।

सरकारलाई पत्र लेख्दै निगमले सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्ने गरी थप एक दिन बिदा दिन प्रस्ताव गरेको हो ।

इन्धन मूल्य वृद्धिको मारबाट निगमलाई जोगाउन यस्तो उपायमा विचार गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । अत्यवश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर बिजोर लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन आग्रह गरिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*