पुर्व सिकाई मान्यता सीप परिक्षण सम्बन्धि अभिमुखीकरण कार्यशाला सम्पन्न
मकवानपुर । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आयोजित पुर्व सिकाई मान्यता विधिको माध्यमले सीप परिक्षण गर्ने सम्बन्धि दुईदिने अभिमुखीकरण कार्यशाला सम्पन्न भयको छ ।
मन्त्रालयका प्रशासन,योजना, अनुगमन तथा शिक्षा विकास महाशाखाका प्रमुख रुद्रहरि भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व सिकाई मान्यता सीप परीक्षणका विषयमा छलफल गरिएको थियो । नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजनाको सहयोग तथा सामाजिक विकास मन्त्रालयको सहकार्यमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, राष्ट्रिय सीप परीक्षण समितिले रोजगारीको सिलसिलामा स्वदेश वा विदेशमा उधोग, कलकारखाना, निर्माण कम्पनीमा सीपसँग सम्बन्धित काम गरी अनुभव प्राप्त गरेका व्यक्तिहरुलाई लक्षित गरी पूर्व सिकाइको मान्यता विधि बाट बागमती प्रदेशमा विभिन्न पेशामा सीप परीक्षण गर्ने कार्ययोजना भए अनुरुप अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा हेटौंडा स्थीत विभिन्न औधोगिक प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमलाई सामाजिक विकास मन्त्रालयका प्रशासन,योजना, अनुगमन तथा शिक्षा विकास महाशाखाका प्रमुख रुद्रहरि भण्डारी, राष्ट्रिय सीप परीक्षण समितिकी उप निर्देशक निशी श्रेष्ठ, नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना अन्तर्गतका कर्मचारी प्रतिभा जोशी, डेपुटी टिम लिडर, सन्जीब पन्थी, प्रक्रिया व्यवस्थापक र प्रदेश स्थित परियोजना सहयोग इकाईका प्राविधिक संयोजक राम सापकोटाले सहजिकरण गरेका थिए । कार्यक्रममा १ सय ८० जनाको सहभागि थिए ।










