ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु

हेटौडा न्युज
१६ चैत्र २०७८, बुधबार १०:१४
;

मकवानपुर । ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक पोखरामा जनाको मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा आज बिहान ना ६ ख ४७२५ नम्बरको ट्रकले ग १४ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर चालक पोखरा महानगरपालिका–१५ नयाँगाउँ बस्ने १८ वर्षीया अन्जना पाईजाको मृत्यु भएको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

ट्रकको ठक्करबाट स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–१० घलेचोक बस्ने १८ वर्षीया मिना गुरुङ घाइते भएकी छन् । उनको ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको डीएसपी तिवारीले बताए । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक र ट्रक चालकलाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*