यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउँदै सरकार

हेटौडा न्युज
१७ चैत्र २०७८, बिहीबार ११:०८
;

मकवानपुर । सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ ।

मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही समयअघि निष्कृय भएका थिए । अध्यादेश निष्कृय भएपछि यौन हिंसामा परेका र तेजाव आक्रमणमा परेका पीडितले न्याय पाउनबाट बञ्चित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*