निर्वाचन आयोगले स्थानीय निर्वाचन मतगणतास्थलमा सीसीटीभी जडान गर्ने

हेटौडा न्युज
१७ चैत्र २०७८, बिहीबार १७:५८
;

मकवानपुर । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतगणतास्थलमा सीसीटीभी जडान गर्ने भएको छ ।

विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणनास्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी दिए । सीसीटीभीको निगरानी आयोगले गर्ने पौडेलले बताए । प्रवक्ता पौडेलले सवै केन्द्रमा भने सीसीटीभी जडान गर्न नसकिने बताएका छन् । उनका अनुसार स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन जारी गरिसकिएको छ ।

स्थानीय तह निर्वाचन, २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैंगिक तथा समावेशी बनाइ महिला तथा समावेशी समूहका व्यक्तिहरूलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउन पनि ध्यानाकर्षण गराइएको पौडलको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*