मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
मकवानपुर । मोटरसाइकल दुर्घटना हुँदा काठमाडौंको स्युचाटार पुल नजिक एकजनाको मृत्यु भएको छ ।
बागमती प्रदेश ०२–०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा नुवाकोटको कुमारी– १ घर भई हाल थानकोट बस्ने अन्दाजी २२ वर्षीया लक्ष्मी दर्नालको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा कलंकीस्थित नेपाल नेशनल अस्पतालमा गएराति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
लक्ष्मीले तीव्र गतिमा चलाएको मोटरसाइकल आइतबार साँझ पौने ६ बजे डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । उनको शवलाई पोष्टमार्टमको लागि महाराजगंजस्थित त्रि.वि शिक्षण अस्पतालमा राखिएको छ ।










