राक्सिराङ गाउँपालिका वडा नम्बर–९ पार्सिबाङ रुन्चेबुङमा पहिलोपटक पुग्यो बिजुली बत्ती
मकवानपुर । भौगोलिक हिसाबले जिल्लाकै बिकट राक्सिराङ गाउँपालिका वडा नम्बर–९ पार्सिबाङ रुन्चेबुङमा पहिलोपटक बिजुली बत्ती पुगेको छ ।
अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिका–९ को पार्सिबाङ रुन्चेबाङमा पहिलो पटक बिजुली बत्ती पुगेको हो । बागमती प्रदेशको राजधानी हेटौंडाबाट करिब ६५ किलोमिटरको दुरीमा रहेको सो स्थानका बासिन्दाहरु बिजुली बत्तिको पहुाचमा पुगेका थिएनन् । उनीहरुे दियोे बालेर आफ्नो दैनिक चलाउथे । उनीहरुको समस्यालाई मध्यनजर गर्दे गाउँपालिकाले गाउँमा बत्ती बाल्न पेल्ट्रिक सेटको ब्यबस्था गरेको छ ।
कुल २३ लाख रूपैयाँ लागतमा जडान भई सञ्चालनमा आएको पेल्ट्रिक सेटका लागि सामुदायिक सशक्तीकरण तथा सामाजिक न्याय सञ्जालले १३ लाख सहयोग गरेको थियो भने गाउँपालिकाले ६ लाख रूपैयाँ खर्चिएको छ । बाँकी ४ लाख रुपैयाँ बराबरको स्थानीय बासिन्दाले श्रमदान गरेका छन्। २०७७ साल पुसमा शुरु भएको निर्माण १६ महिनामा सकिएर सञ्चालनमा आएको सञ्जालका कार्यकारी निर्देशक प्रविन्द्र शाक्यले जानकारी दिए। गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले पालिकाभरि करिब २० वटा पेल्ट्रिक सेट सञ्चालन भइरहेको जानकारी दिए ।










