पल शाहलाई नवलपुर लगियो

हेटौडा न्युज
२२ चैत्र २०७८, मंगलवार १५:४४
;

मकवानपुर । नाबालिगमाथि बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागी कारागार चलान गरिएका  पल शाहलाई नवलपुर जिल्ला अदालतमा दर्ता भएको मुद्दाको बकपत्र र थुनछेक बहसका लागि नवलपुर लगिएको छ ।

नवलपुर जिल्ला अदालतका श्रेस्तेदार महेन्द्रप्रसाद पौडेलले शाहलाई मुद्दाको प्रकृया अगाडि बढाउन ल्याउँदै गरेको बताए । शाह हाल तनहुँ जिल्ला कारागारमा रहेका छन् । तनहुँ जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि शाहलाई थुनामा पठाउने आदेश गरेको थियो ।

उनीविरुद्ध नाबालिगमाथि बलात्कार गरेको अभियोग छ । नाबालिगले पूर्वीनवलपरासीमा पनि शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । सरकारी वकिल कार्यालयले १४ वर्षसम्म कैद सजाय माग गर्दै नवलपुर अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*